त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, अञ्जना महर्जन बनिन् शिक्षाध्यक्ष


२०८३ भदौ १६ मंगलबार १८:२८ बजे

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्। त्रिविको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा.डा. निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा. सुदिप ठकुरी र राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीले मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार र विकासका लागि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारीबीच प्रभावकारी समन्वय र टिमवर्क आवश्यक रहेको बताए।

उनले विश्वविद्यालयलाई उत्कृष्ट, अनुसन्धानमुखी र परिणाममुखी संस्था बनाउन नवनियुक्त पदाधिकारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७