पहिचान हुन नसकेका शवको डिएनए परीक्षणमा चीनले सघाउने
विज्ञसहित आवश्यक उपकरण नेपाल पठाउने तयारी
काठमाडौं : रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले सहयोग गर्ने भएको छ। चीनले डिएनए पहिचान विज्ञसहित आवश्यक उपकरण नेपाल पठाउने तयारी गरेको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित प्रेस ब्रिफिङमा नेपाललाई डिएनए परीक्षण उपकरण, ड्रोन तथा जल शुद्धीकरण उपकरणसमेत सहयोग गर्ने जानकारी दिएका हुन्।
बाढीपछि फेला परेका धेरै शव लामो समय नदीमा डुबेका कारण पहिचान गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा शव पहिचानका लागि डिएनए परीक्षण महत्त्वपूर्ण विकल्प बनेको छ। गत बुधबार आएको बाढीपछि प्रभावित क्षेत्रमा दिनहुँ थप शव फेला परिरहेका छन्। मंगलबारसम्म कम्तीमा १ हजार शव संकलन भइसकेको र ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
.gif)

.png)

