भोटेकोशी बाढीः पोखरा ल्याइएका ७८ शवको व्यवस्थापन गरियो


२०८३ भदौ १६ मंगलबार १३:३७ बजे
भोटेकोशी बाढीका कारण मृत्यु भएका ७८ वटा शवको पोखरामा व्यवस्थापन गरिएको छ ।

पोखरा : भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये पोखरा ल्याइएका ७८ वटा शव मंगलबार सामूहिक रूपमा व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले पोस्टमार्टम, डिएनए नमुना संकलनलगायत पहिचानका लागि आवश्यक सबै कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेपछि शव व्यवस्थापन गरेको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोखरा महानगरपालिका–१६ जौवारीस्थित गाँडतरा क्षेत्रमा शव व्यवस्थापन गरिएको हो। डिएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा मिलान भएपछि पहिचान गरी आफन्तलाई शव बुझाउन सकिने उनले बताए।

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिएको हो। पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ वटा शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७