गन्हाउन थाले शव, हेलिकोप्टरबाट ओसार्न विशेष ‘बकेट’ मगाइँदै
काठमाडौं : भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गन्हाउन थालेपछि निजी हेलिकोप्टर कम्पनीहरूले सिधै हेलिकोप्टरभित्र राखेर शव ओसार्न आनाकानी गरेका छन्।
टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शवहरू दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरूले हेलिकोप्टरभित्र खुला अवस्थामा शव राखेर ल्याउन नसकिने बताएका हुन्। त्यसपछि शवलाई हेलिकोप्टरमार्फत अन्यत्र लैजान विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ। हेलिकोप्टरभित्र दुर्गन्ध नफैलियोस् र शवलाई सुरक्षित रूपमा राखेर ओसारपसार गर्न सकियोस् भन्ने उद्देश्यले विशेष बकेट प्रयोग गर्ने तयारी गरिएको हो।
बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ। उद्धार तथा खोजीका क्रममा फेला परेका शवको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको छ।
.gif)

.png)

