सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो
चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ७ सय ६५ रुपैयाँ मा झरेको हो।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ रहेको थियो।
.gif)

.png)

