राष्ट्रपति पौडेलले गरे कोजाग्रत पूर्णिमामा नवदुर्गा भवानीको पूजाअर्चना
भक्तपुर : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला सुरक्षा समितिका अधिकारी, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए। सो अवसरमा परम्परागत नृत्यसमेत प्रस्तुत गरिएको थियो।
.jpeg)
राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिको अवलोकन तथा दर्शन गर्नुका साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए।
मन्दिरका मूल नाइकेले उनलाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए।
नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गरिन्छ।
दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।
.jpeg)
.jpeg)
.gif)

.png)



