प्रदर्शनको तीन दिनमै ‘कबड्डी ५’ सुपरहिट घोषित

‘कबड्डी ५’ सुपरहिट फिल्म : क्यूएफएक्स


२०८३ कार्तिक ९ आइतबार १८:२८ बजे

काठमाडौं :  दयाहाङ राई अभिनीत नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ लाई प्रदर्शनको तीन दिनमै क्यूएफएक्स सिनेमाजले सुपरहिट घोषणा गरेको छ।

क्यूएफएक्सको आधिकारिक वेबसाइटमा चलचित्रलाई सुपरहिट उल्लेख गरिएको छ। क्यूएफएक्सका हलमा पहिलो सातामा एक करोड ५० लाख रुपैयाँ र दुई सातामा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी कुल कमाइ गर्ने चलचित्रलाई सुपरहिट घोषणा गर्ने मापदण्ड रहेको बताइन्छ। यसअनुसार चलचित्रले क्यूएफएक्सका हलबाट मात्रै एक करोड ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको अनुमान गर्न सकिन्छ।

हिट चलचित्रको शृङ्खला भएकाले ‘कबड्डी ५’ को अग्रिम टिकट बुकिङमै दर्शकको उल्लेख्य आकर्षण देखिएको थियो। दसैँको अवसरमा तीन नेपाली चलचित्र प्रदर्शनमा आए पनि यसले देशभर करिब २४० शो पाएको थियो।

प्रदर्शनको पहिलो दिन शुक्रबारदेखि नै चलचित्रले दर्शकको राम्रो साथ पाएको थियो। शनिबार पनि अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। आइतबारसमेत चलचित्रले राम्रो दर्शक पाइरहेको जनाइएको छ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७