भोटेकोशी बाढीः १० हजार ४५१ जनाको उद्धार, ४ हजार २४७ अझै सम्पर्कविहीन


२०८३ भदौ १५ सोमबार २२:२६ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार अभियानअन्तर्गत नेपाली सेनाले ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ। 

सोमबार मात्रै हाइड्रोपावर क्षेत्रमा रहेका १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ। उद्धारसँगै बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजीलाई पनि तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, पूर्वी तथा पश्चिम नवलपरासी, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्। 

उद्धार तथा खोजी अभियानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। यसैबीच, बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्रवक्ता महतले जानकारी दिएकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७