भोटेकोशी बाढीः बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह


२०८३ भदौ १५ सोमबार १८:३८ बजे

काठमाडौं : भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकका आफन्तलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। बाढीपछि फेला परेका शव तथा मानव अंग बेपत्ता आफन्तकै हुन् कि होइनन् भन्ने पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने भएकाले नातेदारको रगतको नमुना संकलन गर्न लागिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डीएनए परीक्षणका लागि रगतको नाता पर्ने आफन्तले रगतको नमुनासहित महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्नेछ।

हराइरहेका व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर पठाउन सक्ने प्रहरीले जनाएको छ। विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको सम्बन्धित इमेलमा पठाउनसमेत आग्रह गरिएको छ। डीएनए नमुना संकलन तथा परीक्षणमार्फत पहिचान हुन नसकेका शव र मानव अंगको वास्तविक पहिचान गर्न सहज हुने प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७