शव सनाखत गर्न सम्पर्कविहीनका परिवारको डिएनए नमुना लिन थालियो


२०८३ भदौ १६ मंगलबार ११:४३ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको शव सनाखत गर्नका लागि डिएनए जाँचको नमुना लिने प्रक्रिया अगाडि बढाइएको छ। 

प्रहरीले नमुना संकलन गरेर डिएनए जाँचको प्रक्रिया अघि बढाएको हो । संकलन भएका सबै शवको यसअघि प्रहरीले डिएनए नमुना लिइसकेको छ । अब उनीहरूका परिवारको डिएनए नमुना ल्याएर ‘म्याचिङ’ गराइने प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । 

सोमबार प्रहरीले सूचना जारी गरी डिएनए नमुना उपलब्ध गराउन सम्पर्कविहीनका परिवारलाई आग्रह गरेको छ । नेपालमा नेपाल प्रहरीको प्रयोगशाला तथा राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षण हुन्छ । डिएनए परीक्षण खर्चिलो र धेरै समय लाग्ने प्रहरी अधिकारी बताउँछन् । 

प्रहरीले हाल शवको डिएनए नमुना लिएर अस्थायी व्यवस्थापन गरिरहेको छ । करिब तीन सय शव ‘एयरटाइट’ प्लास्टिकमा प्याक गरेर जमिनमुनि गाडिएको छ । डिएनए म्याचिङबाट सनाखत भएमा निकालेर अन्तिम दाहसंस्कारका लागि आफन्तलाई दिइने सरकारको तयारी छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७