कांग्रेसले खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने
काठमाडौं : नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्कालाई अघि सार्ने निर्णय गरेको छ।
लेखा समितिको सभापति कांग्रेसको भागमा परेपछि खड्कालाई उम्मेदवार बनाइएको हो। कांग्रेस नेता अर्जुननरसिंह केसीले सो निर्णय भएको जानकारी दिएका छन् ।
यसअघि सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दललाई लेखा समितिको सभापति दिने सहमति गरेको थियो । प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ ।
संसदको प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।
.gif)

.png)

