दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा


१४:३७ बजे

नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । शनिबार रातिदेखि भएको वर्षाले राजमार्ग  हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।  

बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन् । जसका कारण घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् । सूचना अधिकारी नेपालले  बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताएका छन् ।  बाटो बिस्तारको क्रममा ठाउँ ठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकै नै कठिनाइ भएको हो । सयौं यातायातका साधन र यात्रुहरू शनिबार रातीदेखि नै जाममा छन् । 

सडक निर्माणका लागि भन्दै  राति ११ बजेदेखि  बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आएको भए पनि वर्षा भएपछि यो काम समेत प्रभावित हुँदै आएको छ । बाटो बिग्रंदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छ्न् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज संचालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७