सरकार देशका लागि बोझ भइसक्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यहिन रहेको प्रष्ट देखिएको बताएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले विगतका राम्रा कुरालाई पनि छाडेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘यो सरकार गतिहीन बन्यो । त्यसैले यसको विकल्प खोज्नु पर्छ । तर विकल्प खोजेर पार लाग्दैन । दुईटा ठूला पार्टी मिलेसम्म सरकार कसैलाई हल्लाउन सक्दैन ।’
उनले सरकारले जनतामा आशा जगाउन र देशको समस्या समाधान गर्न नसकेको बताए । उनले भने, ‘यो सरकार मुलुकको निम्ति बोझ बनेको छ । यो बोझबाट कहिले मुक्ति पाउने हो भन्ने कुरामा जनताको ध्यान छ।’ उनले आफूहरूले सरकार ढाल्न देउवालाई फकाउनु पर्ने कुनै आवश्यकता नभएको बताएका छन् ।