फेवातालमा फसेका आठ जनाको उद्धार

कास्की । हावाहुरीका कारण पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका आठ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार आठ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए। बाँकी दुई जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको उनले बताए । सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली उद्धारमा खटिएको थियो ।