तीनकुने घटना : जनआन्दोलन समितिका सल्लाहकार सेढाई पक्राउ


२३:११ बजे

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट, लिखु गाउँपालिका–३ का ७२ वर्षीय खेमराज सेढाई छन्।

चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेको खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनमा उक्त घटना भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सेढाई राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनका समितिका सल्लाहकार हुन् ।

प्रहरी उपरीक्षक अपील राज बोहराले घटनाको अनुसन्धान जारी रहेको र सेढाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आपराधिक उपद्रवमा पक्राउ परेकाहरू ३३ जनालाई हाजिर जमानीमा राखेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७