‘इण्डियन आइडल’ पवनदीप कार दुर्घटनामा गम्भीर घाइते


२२:४४ बजे

काठमाडौं । इण्डियन आइडल सिजन–१२ का विजेता चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । सोमबार बिहान  ३ः४० बजे उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका छन् ।

कारमा सवार उनीसँगै दुई जना पनि घाइते छन् । उनी सवार कार पूर्ण रुपमा ध्वस्त भएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले उनीहरूलाई तत्काल दिल्ली रेफर गरिएको छ । पवनदीप आफ्ना दुई साथीहरूसँग उत्तराखण्डबाट दिल्लीतर्फ हिँडिरहेको बेला उनीहरू सवार एमजी हेक्टर कार अचानक अनियन्त्रित भई सडकको छेउमा उभिएको केन्टर गाडीमा ठोक्किएको थियो ।
प्रारम्भिक जानकारी अनुसार, कार चलाइरहेका ड्राइभरलाई एक्कासी निद्रा लागेपछि यो दुर्घटना भएको हो ।

घटनास्थलमा तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । सबै घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याइएको थियो। पवनदीप राजन उत्तराखण्डको चम्पावतका हुन् । सन् २०१५ मा ‘द भ्वाइस इण्डिया’ जितेपछि उनको साँगीतिक यात्रा सुरु भएको हो । त्यसपछि उनले ‘इण्डियन आइडल सिजन १२’ को उपाधि जिते । उनले ट्रफीसँगै कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पनि जितेका थिए । पवनदीप केही वर्षअघि प्रस्तुतिका लागि नेपाल पनि आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७