जनार्दन शर्माको प्रश्न : सरकार किन यति गैरजिम्मेवार ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। आज (मंगलबार) को प्रतिनिधि सभाको शन्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे ।
नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ। उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन। यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौं, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत् निर्देशनको माग गर्दछु ।’ सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।