ज्ञानेन्द्र शाहीको प्रश्न : ऋण ल्याउँदै ‘छोटे नेता’ पालेर देश बन्छ ?


१९:३१ बजे

 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले देशको विकासभन्दा पनि बाहिरबाट ऋण ल्याउँदै नेताहरूलाई पाल्ने काम मात्रै भएको टिप्पणी गरेका छन्।आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले घट्नु पर्ने वेला झनै सार्वजनिक ऋण बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘२०७४ सालमा सार्वजनिक ऋण करिब ८ खर्ब थियो, संघीयता र प्रदेश लागू गरिएपछि अहिले २६ खर्ब ११ अर्ब ६ करोड पुग्यो । यो पैसा कसले तिर्ने ?, जनताकै करबाट होइन ?, ऋण ल्याउँदै भएभरका नेता, छोटे नेता पाल्ने हो भने उधोतिर देश लाग्ला नि !।’ सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताका लागि भने नल्याइएको उनले बताएका छन् । ‘तीन तहको सरकार छ, ३० थरीको कर छ तर न निःशुल्क स्वास्थ्य सेवा छ, न निःशुल्क शिक्षा दियो अनि किन कर तिर्ने ?, कर तिर्ने जनता, जनताकै सेवा सुविधाका लागि भने नीति कार्यक्रममा आएन’, उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७