१६६ सशस्त्र प्रहरी कारबाहीमा


१८:४४ बजे

काठमाडौं । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्वीर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी बल नेपालले दुई वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म छन्। उनीहरूले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाका  भिडिओ र तस्बिर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको सहप्रवक्ता थापाले बताए ।

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १२१ र परिचर ३ जना छन्।उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको थापाले बताएका छन् । त्यसमध्ये ११८ जनालाई नसिहत दिइएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टीका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७