कमिला पनि खानु हुन्न भन्नेलाई हात्ती खानेसँग दाँजेर बदनाम गरियो : धनराज गुरुङ

‘नेता र कर्मचारीको सम्पत्ति छानबिन गरौं, स्रोत नखुले जफत गरौं’


१७:१६ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिङ्गै हात्ती खानेसँग कमिला पनि खानु हुन्न भन्नेको तुलना गरेर बदनाम गरिएको गुनासो गरेका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै मंगलबारको बैठकमा उपसभापति गुरुङ यस्तो बताएका हुन् । 

‘नीति तथा कार्यक्रममा सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कुरा आएको छ, यसको म स्वागत गर्न चाहन्छु,’ उपसभापति गुरुङले भने, ‘हामी कुरा होइन काम गरौँ हामी काम । काम गर्ने हो भने २०४६ सालयताका लाभको पदमा पुगेका सबै नेता र कर्मचारीको छानबिन गर्न उच्च स्तरीय शक्तिशाली आयोग गठन गरौं ।’ 

आफूले यो प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको एक वर्ष भइसकेको उनले स्मरण गराएका छन् । ‘छानबिन समिति गठन गर्ने, अनि जसको सम्पत्तिको स्रोत खुल्दैन राज्यले जफत गर्ने । यस्तो आँट गर्नुपर्छ । यो व्यवस्था गणतन्त्रलाई सुदृढ गर्ने बाटो हो यो,’ गुरुङले भने। यो बाटोमा जानुको सट्टा कमिला पनि खानु हुन्न भन्नेको बदनाम हुन थालेको पनि उपसभापति गुरुङले बताएका छन् । उनले भने, ‘यहाँ त यो बाटो नगएर कमिला पनि खान हुन्न भन्नेलाई सिङ्गै हात्ती खानेसँग दाँजेर बदनाम गरिन्छ यो मुलुकमा ।’ 

‘अष्ट्रलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारु मार्छ, हामीले बाँदर मार्न हुने ?
नेपाली कांग्रेसका सांसद गुरुङले यदि किसानलाई राहत दिने हो भने बाँदर र बँदेललाई मार्नुपर्ने बताएका छन्। मंगलबार सरकारको २०८२/ ०८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले यस्तो बताएका छन् । किसानलाई दुःख दिने बाँदर र बँदेल मारे  कानून लाग्छ भनेर  संरक्षण गरिरहने हो भने किसानहरु विस्थापित हुने अवस्था आउने उल्लेख गरे । उनले भने, ‘अष्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारु मार्छ तर, हामीेले बाँदर मार्न किन नहुने ?’

गाउँगाउँमा सिंहदरबार पुर्‍याउने भनेको पालिकाको भवनमा मात्रै सीमित रहेको बताए । उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । राजस्व बढाउन करको दायरा बढाउनु पर्नेमा जोड दिए । उनले घरेलु मदिराबाट एक रुपैयाँ पनि कर नउठेको भन्दै घरेलु मदिरालाई करको दायरामा ल्याउने हो भने दुई खर्ब राजस्व उठ्ने दाबी गरे । लथालिंग ढंगले सामाजिक सुरक्षाको भत्ता बाँडिरहेको आरोप लगाए । देश विकासको लागि डोनर नभइ इनभेष्टर खोज्नु पर्नेमा उनले जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७