अदालतकै कर्मचारी घुससहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुससहित पक्राउ गरेको स्रोतले बतायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको प्रमुख विनिता भट्टराईले अदालतको कर्मचारीलाई घुस सहित पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताइन् । अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिइएको हो ।