अस्पताल भर्ना भएका माधव नेपालको कस्तो छ स्वास्थ्य अवस्था ?


२०:२८ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्व प्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ । उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७