भारतीय दूतावास अगाडि प्रदर्शन


२१:०४ बजे

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढावा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। मानवअधिकार तथा शान्ति समाजले बिहान भारतीय दूतावास र दिउँसो पाकिस्तान दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ। 

उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिकस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७