गर्भनर नियुक्तिका लागि सभामुखसँग ‘रुलिङ’ को माग


२०:४२ बजे

काठमाडौं । सांसदहरूले गर्भनर नियुक्ति समयमै हुन नसकेको भनेर सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरेका छन्। गर्भनर नियुक्तिको विषयमा ‘भद्दा राजनीतिक लालसा देखाइएको’ उनको टिप्पणी छ।

गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उनले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन्। अन्य सांसदहरूले समेत यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। गभर्नर खाली भएको वैशाख २४ गते एक महिना पुगेको छ । तर, सरकारले नियुक्तिका लागि प्रक्रिया अगाडि बढाए पनि सिफारिस समितिले कानुन बमोजिम गभर्नर बन्नेहरूको नाम सिफारिस गर्न सकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७