कांग्रेसले भन्यो–आतंकवादविरुद्ध ‘सिन्दुुर’ अप्रेसन जायज

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन् ।
उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताएका छन् । उनले कांग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्ने बताए । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताएका छन् । कांग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताए । उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए।