अपरेसन सिन्दूर किन ?


यहाँहरु सबैलाई विदितै छ, यही अप्रिल २२ गते लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतंककारीहरुले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । उनीहरुले एक नेपाली नागरिकसहित २६ जनाको हत्या गरेका थिए जसमा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको हमलापछि भारतमा भएको आतंकवादी हमलामा सबैभन्दा धेरै नागरिक हताहत भएका थिए । 

पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो । जसमा धेरैजसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पुर्‍याइएको थियो, साथै उनीहरुलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो । यो आक्रमण स्पष्ट रुपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको थियो । खास गरी यहाँको विकास र गतिलाई हानी पुर्‍याए यसले यस क्षेत्रलाई सधै पछाडि पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतंकवादका लागि उर्बर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरुको आंकलन थियो । जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरु विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ । 

पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो । जसमा धेरैजसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पुर्‍याइएको थियाे

आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतंकवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो । उल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतंकवादी समूहका लागि काम गर्ने टीआरएफबारे जानकारी दिएको थियो । यसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफ जस्ता साना आतंकवादी समूहहरुमार्फत लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ । 

पहलगाम आतंकवादी आक्रमणको अनुसन्धानले आतंककारीहरुको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिस्टेन्स फ्रन्टले गरेका दाबी र लश्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरुबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरुको बयान र कानूनी निकायहरुसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरुको पहिचान जस्ता कार्यहरु अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ ।  

यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतंकवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतंककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतंककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । 

यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतंकवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतंककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतंककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ ।  यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतंककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रियस्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनः जीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी  पक्राउ गरिएको थियो ।

पछिल्लो समयमा पहलगाममा भएको आक्रमणले जम्मू कश्मीर र भारतका अन्य भागहरुमा समेत गहिरो आक्रोश उत्पन्न गरेको छ । उक्त आक्रमणपश्चात भारत सरकारले पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरुका साथ स्वभाविक रुपमा प्रतिक्रिया दिएको छ । यहाँहरु सबैलाई अप्रिल २३ गते घोषणा गरिएका निर्णयहरुबारे थाहा नै छ । यद्यपि अप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भू–भाग वा आफ्नो नियन्त्रणमा रहेको भू–भागमा रहेको आतंकवादी पूर्वाधारविरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन । त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतंकवादी मोड्युलहरुको अनुगमनपछि भारतविरुद्ध थप आक्रमणहरु हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यसविरुद्ध पूर्व तयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।

आतंकवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्‍याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ । भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनु पर्दछ ।

यहाँहरुलाई थाहा भएकै होला कि आज बिहानै भारतले यस्ता सीमापार आक्रमणहरु विरुद्ध प्रतिक्रिया दिने, पूर्व तयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरु आंकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतंकवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतंककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए । यहाँहरुलाई याद होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतंकवादी हमलाको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसलाई यहाँ मैले उद्धृत गरेको छु, ‘यस निन्दनीय आतंकवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्‍याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ ।’ भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनु पर्दछ । आज बिहानै गरिएको हाम्रो कार्यहरुको बारेमा बिफ्रिङ्ग गर्न मसँगै कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंह उपस्थित हुनुहुन्छ । म वहाँहरुलाई अपरेसन सिन्दूरको बारेमा केही विवरणहरु यहाँहरु सबैसँग साझा गर्न अनुरोध गर्नेछु । 

(भारतीय विदेश मन्त्रालयमा ‘अपरेसन सिन्दूर’ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव मिस्रीले राख्नु भएका विचारको सम्पादित अंश)

लेखक चिनारी

–विक्रम मिस्री (भारतीय विदेश सचिव)
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७