इजरायलले खसाल्यो गाजाको अस्पतालमा बम, २८ जनाको मृत्यु

काठमाडौं । गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा इजरायलले हवाई आक्रमण गर्दा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
घटनाबारे हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन् । स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए । बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए।
इजरायली सेनाले ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूविरुद्ध सटिक हमला’ गरेको जनाइएको छ। इजरायलले यो केन्द्र अस्पतालमुनि रहेको दाबी गरेको थियो । यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको जनाइएको छ । ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।