चार दिनमै ७४ सय घटेको सुनको भाउ फेरि बढ्यो


२०८२ बैशाख ३१ बुधबार १५:५९ बजे

काठमाडौं । चार दिनमै तोलामा सात हजार ४०० ले घटेको सुनको भाउ आज (बुधबार) फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो । 

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । गएको सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँले घटेको थियो भने आइतबार तीनसय रुपैयाँ घटेको थियो । त्यसअघि गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको थियो ।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७