राष्ट्रिय गौरवका आयोजनामा चार खर्ब ८७ अर्ब खर्च : प्रगति भने सुस्त


२०८२ बैशाख ३१ बुधबार २३:०५ बजे

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त देखिएको छ । गौरवका आयोजनाको संख्या बर्सेनि थपिँदै गए पनि प्रगति सुस्त रहेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ। बुधबार सार्वजनिक ६२औं वार्षिक प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका आयोजनाको संख्या बढेर २७ पुगेको छ ।

राष्ट्रिय गौरवका आयोजनाका लागि संशोधित मध्यमकालीन बजेट अनुमान २२ खर्ब ७२ अर्ब ४२ करोड ६१ लाख रहेकोमा गत वर्ष २०८०८१ सम्म गौतमबुद्ध विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएका छन् । यी दुई आयोजना बाहेक चार खर्ब ८७ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । गौरवका आयोजनामध्ये दुई आयोजना सम्पन्न भएका छन् । समष्टिगत भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने ३, ५० देखि ८० प्रतिशत हासिल गर्ने ६ आयोजना रहेको कार्यालयले जानकारी गराएको छ ।  

यस्तै, ५० प्रतिशतभन्दा न्यून प्रगति हासिल गर्ने आयोजना ६ तथा भौतिक प्रगति नखुलेका आठ आयोजना तथा सुरु नभएका २ आयोजना छन्  । आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति ८८ प्रतिशत भए पनि सम्पन्न हुने अवधि तोकेको छैन ।

रानी जमरा कुलरिया, सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, लुम्बिनी क्षेत्र विकास कोषसहित पाँच आयोजना २०८/०८१ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, काम नसकिएपछि म्याद थप भएको छ । समृद्ध नेपालका लागि सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रमा महत्त्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७