गभर्नर सिफारिस समिति पुनर्गठन : पौडेलको ठाउँमा पाण्डे नियुक्त


२०८२ बैशाख ३१ बुधबार २३:५७ बजे

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।

यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए। ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए। यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो। विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।

गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरका लागि पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए। राष्ट्र बैंकबाट महाप्रसाद अधिकारी बाहिरिएसँगै लामो समयदेखि गभर्नर नियुक्त हुन सकेको छैन।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७