त्रिवि, संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमणमा


२०८२ बैशाख ३१ बुधबार २३:२४ बजे

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले त्रिभुवन, संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको देखाएको छ। महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बुझाएको वार्षिक प्रतिवेदनमा यी विश्वविद्यालयहरूले जग्गाको उपयोग र संरक्षण गर्न नसकेको उल्लेख गरिएको छ।

त्रिविको १ हजार ४ सय ७९ हेक्टर जग्गा रहेकोमा केन्द्रीय कार्यालय परिसरमा समेत जग्गा अतिक्रमणमा परेको जनाइएको छ। १ सय १३ रोपनी एक निजी विद्यालयले १५ वर्षदेखि, बागमती किनारमा १५ रोपनी एक संस्थाले र १३ रोपनी जग्गा दुई संस्थाले भोगचलन गर्दै आएको जनाइएको छ । उक्त जग्गा भोगचलन बापत विश्वविद्यालयले कुनै आम्दानी प्राप्त गर्न नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । सरकारले त्रिविको जग्गा खोजबिन गर्न गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाए पनि प्रतिवेदन अझै सार्वजनिक भएको छैन।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको ३८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमणमा परेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्कृत विश्वविद्यालयको १२ बिघा जमिनमा स्वामित्व विवाद रहेको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, दाङको देउखुरी र बलेझुण्डीमा रहेको जग्गामध्ये १ हजार ३ सय ७१ रोपनी जग्गा २०५८ सालदेखि अतिक्रमणमा परेको जनाइएको छ । ‘विश्वविद्यालयहरूको सम्पत्ति केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७