कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा


२०८२ जेठ १ बिहीबार ००:१६ बजे

 काठमाडौँ । सरकारले महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुरका विभिन्न सात वडालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

आज साविजनिक भएको मन्त्रिपरिषद बैठकका निर्णयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको सिफारिसका आधारमा उक्त घोषणा गरिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७