देशभर विद्युत् अवरुद्ध


२०८२ जेठ १ बिहीबार ०१:१० बजे

काठमाडौं । देशभर विद्युत अवरुद्ध भएको छ ।  ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत प्रसारणमा समस्या भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जनाएका छन् ।  

‘हामीले यो लाइनमा दिउँसो भारतबाट बिजुली ल्याउने गर्छौं,’ उनले सुनाए, ‘उताबाट बिजुली नआउँदा हाम्रो यताको बिजुली त्यो लाइनमा सप्लाइ हुने हो । तर अहिले बिजुली सप्लाइ नै लिइरहेको छैन । त्यही भएर सबैतिर बिजुली गएको हो ।’ समस्याको पहिचान गरेर पावर बढाउने काम भइरहेको उनको भनाइ छ ।

आजै तीन पटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलो पटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो । करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौंसहित देशको अधिकांशको जनजीवन प्रभावित बनेको छ । विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् ।

प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका हुन् । विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर ग्रीड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएका छन् । भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटक–पटक विद्युत अवरुद्ध भइरहेको छ ।

‘विशुद्ध प्राविधिक समस्याको कारण विद्युत प्रसारण पटक–पटक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। ‘यो विशुद्ध प्राविधिक समस्या हो । त्यसैले यसलाई लोडसेडिङ जोड्ने गलत छ।’ उनले भने। बिहीबार पटक–पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्। पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि चिन्तित बनाएको उनीहरूको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७