महिला टी–२० विश्वकप एसिया छनोट : हङकङ पराजित भए नेपाल सुपर थ्रीमा


२०८२ जेठ १ बिहीबार ००:१२ बजे

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बहराइनलाई हराएको छ। नेपालले बहराइनलाई ६ विकेटले हराएको हो । डकवर्थ लुइस स्ट्रेन (डीएलएस) मार्फत नेपालले बहराइनलाई पराजित गरेको हो । वर्षाको कारण ७ ओभरमा खेल घटाइँदा नेपालले बहराइनमाथि जित दर्ता गरेको हो । 

७ ओभरमा ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २४ रनमा अविजित रहिन् । उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । पूजा महतोले १३ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। बहराइनका लागि पवित्रा सेट्टीले ३ विकेट लिइन् । 

त्यसअघि ब्याटिङ गरेको बहराइनले १२.४ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । बहराइनका लागि ओपनर रसिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन् । कप्तान दीपिका रासाङ्गिकाले २३ रन बनाइन् । ओपनर थरङगा गजनायकेले १२ रन बनाइन् । नेपालले ३ विकेट नै रनआउट गराउँदै लिएको थियो । हाल नेपालले समूह चरणको ४ खेल सक्दा २ जित र १ हार र एक खेलमा अंक बाड्दा ५ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहेको छ । 

अब समूह ‘सी’ को अन्तिम खेल हङकङ र बहराइनबीच हुनेछ । अब यो खेलको नतिजामा नै सुपर थ्रीको टुंगो लाग्नेछ । यदि बहराइनले हङकङलाई हराएको खण्डमा मात्र नेपाल सुपर थ्रीमा पुग्ने छ । वर्षाका कारण खेल रद्द भएमा वा हङकङले जितेमा नेपाल समूह चरणबाटै बाहिरिने छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७