देउवाको टिप्पणी : कहाँ छ राजावादी ? तुहिसक्यो


२२:३४ बजे

जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरु तुहिसकेको टिप्पणी गरेका छन्। आज (बिहीबार) जनकपुर विमानस्थलमा ‘राजावादी आन्दोलनलाई कसरी हेर्नु भएको छ’ भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले भने, ‘कहाँ छ राजावादी ? तुहिसक्यो !’ देउवाले कांग्रेस–एमाले गठबन्धन ०८४ सम्मै रहने दाबी गरे । वर्तमान गठबन्धन आगामी चुनावसम्म कायम रहने उनको भनाइ छ।

‘कांग्रेस–एमालेको गठबन्धन राम्रैसँग चलेको छ । यो ०८४ सम्म कायमै रहनेछ,’ देउवाले भने । प्रहरी समायोजनका लागि छलफल र परामर्श भइरहेको पनि उनले बताए। उनले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको समेत दावी गरेका छन्। ‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईहरुलाई थाहै छ,’ देउवाले भने, ‘यो राम्रोसँग चलिरहेको छ। बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरुमा असहमति होला तर भए पनि आखिर बजेट आएको छ। अब त संसद खुल्नु पर्ने हो । अब खुल्छ। किन राजीनामा दिने भन्या ?’ 

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका बुवा ठाकुरप्रसाद ढुंगानाको शालिक अनावरणका लागि जनकपुर आएका देउवाले भने शुक्रबार जनकपुरमा निर्मित मिथिला विकास कोषको आधुनिक भवनको समेत उद्घाटन गर्ने कार्यक्रम छ । बिहीबार अपराह्न उनले धनुषाको धनुषाधाम नगरपालिकामा निर्माण गरिएको ढुंगानाको शालिक अनावरण गर्दैछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७