माधव नेपालसहित एकीकृत समाजवादीका नेताहरू छलफलमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
अहिले पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक चलिरहेको छ । बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बैठकमा यसबारे छलफल गर्नका लागि कानुन व्यवसायीहरू पनि सहभागी छन् । अख्तियारले मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।