एकीकृत समाजवादीले भन्यो–हामीमाथि प्रहार हुँदै आएको थियो, फेरि षड्यन्त्र भयो

‘मुद्दामा अदालतबाट क्लिन चिट लिएर फर्किन्छौं’


२३:२२ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरिएको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाबारे प्रारम्भिक धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालविरुद्ध षड्यन्त्र गरिएको प्रतिक्रिया दिएको हो ।

राजनीतिक पूर्वाग्रहका हिसाबले पार्टी अध्यक्षमाथि मुद्दा चलाइएको उल्लेख गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने, ‘यसको प्रतिवाद गर्छौ । मुद्दा परिसकेपछि हामी भाग्दैनौं । नडराउनु, नबिराउनु भनेर पार्टी अध्यक्ष प्रारम्भिक प्रतिक्रिया दिइसक्नु भएको छ । हाम्रो अध्यक्षले भ्रष्टाचारजन्य कुनै काम र आर्थिक चलखेल गर्नु भएको छैन ।’

‘हाम्रा पार्टीको विरुद्धमा पहिलेदेखि नै प्रहार हुँदै आएको थियो,’ प्रवक्ता प्रकाश ज्वालाले बैठकपछि भने, ‘त्यस्ता षड्यन्त्र हामीले प्रतिकार पनि गर्दै आयौं । हामीले पराजित पनि गर्दै आयौं ।’ उनले थपे, ‘आज फेरि अध्यक्ष कमरेडलाई भ्रष्टाचारको मुद्दा दायर गरेर फेरि अर्को षड्यन्त्र गरिएको छ ।’ बिहीबार (आज) बसेको आकस्मिक बैठकपछि प्रवक्ता ज्वालाले थपे, ‘शिर ठाडो पारेर यसलाई पराजित गर्न सक्छौं । अदालती रूपमा सम्पूर्ण कुरा गर्छौ । अदालतबाट क्लिन चिट लिएर आउँछौं । खारेज भयो भनेर फर्किन्छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७