इलामसहित नौं जिल्ला आज बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह


१४:५१ बजे
फाइल फोटो

काठमाडौं । आज (शुक्रबार) देशका नौं जिल्ला बाढीको सम्भावित जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बुलेटिन जारी गरी इलामदेखि पश्चिमका नौं जिल्ला र आसपास भई बग्ने खोला–नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको जनाएको छ। 

सूचनामा भनिएको छ–आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (आइतबारसम्म) कोशी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको बताएको छ। बाढी महाशाखाले अगाडि भनेको छ–कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौं ।
हेर्नुस् सम्भावित बाढीबारे जानकारी


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७