जुम्लामा हिमानी र हृदयन्द्रलाई यसरी गरियो स्वागत (तस्वीरहरू)


२२:३६ बजे
तस्वीरहरु : हिमानी ट्रष्ट

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई जुम्लाका स्थानीयले भव्य स्वागत गरेका छन्। जुम्लामा हिमानी ट्रष्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर) शिलान्यासमा सहभागी हुन पुगेका उनीहरु स्थानीयले स्वागत गरेका छन् ।

जुम्लाको गुठिचौर गाउँपालिका–१, मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दैछ । पूर्व युवराज्ञी हिमानीको अध्यक्षतामा रहेको ट्रष्टले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

उनीहरूको साथमा राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगेका छन्। शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै आज खलंगा पुगेका उनीहरूले साँझ ४ बजे होटल कान्जिरोवामा भेटघाट कार्यक्रम समेत राखेका छन्।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७