सकिएको हो राजावादी आन्दोलन ? के भन्छन् रापपा अध्यक्ष लिङदेन ?


०४:०२ बजे

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए । 

अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७