आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहँदै तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार पनि सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ।