सरकारका प्रवक्ता भन्छन्–पूर्व प्रधानमन्त्रीसहित ९३ जनाको मुद्दामा सरकारलाई दोष लगाउन मिल्दैन


०३:५८ बजे

विराटनगर । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीसहित ९३ जनामाथि दायर गरेको मुद्दा उसकै क्षेत्राधिकारको विषय भएकाले यसमा सरकारलाई दोष लगाउन नमिल्ने बताएका छन्।

मोरङको विराटनगर विमानस्थालमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरूङले अख्तियारको दुरुपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यसको छानविन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोड्न नमिल्ने बताएका हुन्। उनले अख्तियारको दुरूपयोग भएमा त्यसको छानविन गर्ने अधिकार आयोगलाई हो सरकारलाई होइन भन्दै यस विषयमा सरकारले प्रतिशोध साध्यो भनेर भन्न नमिल्ने बताए। सरकारबाट कुनै प्रकारको गलत काम हुन नदिन तथा सरकारलाई अधिनायकवादतर्फ जानवाट रोक्न यस्ता आयोगहरू बनेको उनको भनाई थियो।

मन्त्री गुरूङले अवरूद्ध सदन चाँडै खुल्ने समेत दावी गरेका छन्। यस विषयमा दलहरूसँग कुरा भइरहेकाले केहि दिनमै सदन सुचारू हुने उनको भनाई थियो। अध्यागमन कार्यालयका कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने उनको भनाई थियो। उनले यस विषयमा अख्तियारले अनुसन्धान र छानविन गरिरहेकाले सत्यतथ्य सबै कुरा पछि प्रष्ट हुने बताए।मन्त्री गुरूङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरूद्ध भएकाले टेवल हुन नसकेको बताउँदै उनले चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७