कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या


०३:२६ बजे

बुटवल । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन्। सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारको कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिएका छन् । हत्याको कारण भने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७