सभापतिले पनि सरकारको कामको गति पुगेको छैन भनिसक्नु भयो, समीक्षा गर्दैछौं : गगन थापा


०३:३१ बजे

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा पनि सरकारको गतिसँग सन्तुष्ट नरहेको खुलासा गरेका छन्। आज (शुक्रबार) विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नु भयो सरकार जुन गतिमा चल्नु पर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन,’ महामन्त्री थापाले भने, ‘यसमा गम्भीर समीक्षा गरिरहेका छौं।’

यद्यपि सरकार सफल बनाउन कांग्रेस लाग्ने उनले बताएका छन्। ‘सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपछि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय लिने तयारी गरेका छौँ,’ महामन्त्री थापाले अगाडि भने। यस्तै उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए। 

‘अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन’
कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। उनले पूर्व प्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनु पर्नेमा जोड दिए।

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए। कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे। महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७