संसद वैठकअघि छलफलमा जुटे विपक्षी दल


०४:५० बजे

काठमाडौं । संसदमा जारी अवरोधबारे छलफलका लागि विपक्षी दलहरूको बैठक बसिरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि जारी अवरोधबारे छलफल भइरहेको हो। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा दलहरूको बैठक बसिरहेको छ । बैठकमा माओवादीसँगै रास्वपा, एकीकृत समाजवादीका नेताहरूको सहभागिता छ।

प्रतिनिधिसभा बैठक पछिल्लो पटक सरेको सर्‍यै छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका छन्। रास्वपाले भने गृहमन्त्री लेखकले राजीनामाको माग राख्दै आएको छ।

सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन्। सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ। अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका हुन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७