आयोजनाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


०५:३० बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्लेसहित ६ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नायब सुब्बा पदमा कार्यरत टीकाप्रसाद भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुली गरेको भन्ने उजुरी आयोगमा परेको थियो।

अनुसन्धानका क्रममा भट्टले नगर विकास समितिमा २०४९ साउन १ मा अस्थायी खरिदार पदमा ६ महिनाका लागि शुरू नियुक्ति लिएको भए पनि नगर विकास समितिका पदाधिकारी समेतले अनिश्चितकालीन म्याद थप गरे÷गराएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७