तीन दिने जेसीआई नेपाल बिजनेस एकेडेमी–२०२५ सकियो


०४:२३ बजे

मोरङ । मोरङमा आयोजित तीन दिने ‘जेसीआई नेपाल बिजनेस एकेडेमी–२०२५’ सकिएको छ । इन्द्रपुर जेसीजको आयोजनामा विराटचोकस्थित नेपालिरिका होटलमा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उनले यस्तो नेतृत्व तथा व्यवसायिक विकास कार्यक्रमहरूको आजको समयमा महत्वपूर्ण हुने बताउँद प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए। तालिम कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक निशा चण्डक, सहायक प्रशिक्षक अनुप मुन्दडा र किरण केसीले गरेका थिए । समापन समारोहमा प्रमुख अतिथिको रूपमा कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसकी प्रमुख सचेतक शोभा चेम्जोङको उपस्थिति थियो ।

कार्यक्रममा जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष रजनी थापा, राष्ट्रिय महासचिव बिकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम, मनोनीत राष्ट्रिय उपाध्यक्ष उज्ज्वल काबरा र राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाको समेत सहभागिता थियो। अतिथि सत्कार समितिका संयोजक जेसीआई आकाश दुलालले समापन अवसरमा बोल्दै सहभागीहरू अब आफ्ना व्यवसायहरूलाई अझ प्रभावकारी र व्यावसायिक रूपमा सञ्चालन गर्न तयार भएको विश्वास व्यक्त गरेका थिए। जेसीआई नेपाल बिजनेस एकेडेमी २०२५ ले नेपालभरका युवा व्यवसायीहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वतर्फ प्रोत्साहित गर्ने काम गर्दै आएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७