भेरी नदीले बगाउँदा एक किशोरीको मृत्युु, दिदी–भाइ बेपत्ता

रुकुम पश्चिम । ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर एक किशोरीको ज्यान गएको छ भने एकै घरका दिदी–भाइ बेपत्ता भएका छन्। आठबिसकोट नगरपालिका–९ का स्थानीयले नदीमा मान्छे बगेको देखेपछि एक जनाको उद्धार गरेका थिए । तर उनको उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोट नलगाड नगरपालिका–८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवतीको ज्यान गएको हो।
स्थानीयले उद्धार गरी उनलाई आठविसकोट नगरपालिका अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए। ‘सोही ठाउँ घर भएका सुरेन्द्र कुसारीका वर्ष १२ की छोरी आशा र वर्ष १० का छोरा महेश बेपत्ता भएका छन्,’ प्रहरी निरीक्षक पुनले भने । बेपत्ता भएकाको खोजी कार्य जारी अघि बढाइएको उनको भनाइ छ।