विपक्षी दलले देउवासँग कुरा गर्ने


०५:०८ बजे

काठमाडौं । संसदको जारी अवरोधका विषयमा विपक्षीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्ने भएको छ। आज बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति बनाउने प्रतिबद्धता आए सदन चलाउन सकिनेबारे छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । विपक्षी दलको नेतृत्व गरेर प्रचण्डले नै देउवासँग छलफल गर्नेछन्।

प्रचण्डले बैठक लगत्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्याम घिमिरेसँगसँग छलफल पनि गरेका थिए। संसदीय छानबिन या पूर्व न्यायाधीश कसैको नेतृत्वमा न्यायिक समिति बनाएर आइतबारसम्ममा यो प्रकरणको ल्यान्डिङ हुने बताए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै विपक्षीले प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध गर्दै आइरहेका छन्। विपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् भने सत्तापक्ष तयार भएका छैनन्।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७