निश्चल बस्नेत लेख्छन् : बालेनविरुद्ध हल्ला फैलाउनेसँग प्रमाण माग्नुहोला
काठमाडौं । कलाकार निश्चल बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसा गर्दै देशविरोधी तत्वसँग नमिल्ने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले बालेनविरुद्ध हल्ला फैलाउनेहरूसँग प्रमाण माग्नसमेत आग्रह गरेका छन् ।
प्रमाण भए सँगै मुद्दा दर्ता गर्न जाने पनि उनले बताएका छन् ।
‘बालेन बिरुद्ध फैलाइएका नकारात्मक कुराहरूको प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरूसँग । प्रमाण भए सँगै जाउँला मुद्दा दर्ता गर्न’ उनले लेखेका छन्, ‘ बालेनको देशप्रतिको माया उसको गीत शब्द फेसबुक स्ट्याटसमा मात्र नखोज्नुहोला । बालेन आफू बद्नाम हुन तयार छ तर देश बद्नाम हुने कुनैपनि तत्वसँग मिल्दैन । देशलाई माया गर्ने तपाईं हामी बिचकै मान्छे हो बालेन । मेरो बिश्वास हो बालेन ।’
.gif)

.png)

